भलिबलको उपाधि शुक्लागण्डकी–१२ लाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भलिबलको उपाधि शुक्लागण्डकी–१२ लाई

    खबरपुञ्ज संवाददाता

    २७ मंसिर २०७८, मंगलवार

    दुलेगाैडा । खैरेनीटारमा सम्पन्न वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा भिमाद नगरपालिका–४ लाई ३–१ को सेटमा पराजित गर्दै शुक्लागण्डकी–१२ ले उपाधि रक्षा गरेको हो ।

    लाङ्घाली मगर समाज एकान्तकुनाले आयोजना गरेको प्रथम लाङ्घाली मगर समाज एकान्तकुना भलिबल कपको फाइनलको पहिलो सेटमा शुक्लागण्डकी–१२ ले निकै उत्कृष्ट प्रर्दशन गर्दै २५–१४ को स्कोरमा जित हासिल ग¥यो । दोस्रो सेट पनि शुक्लागण्डकी–१२ ले नै हात पा¥यो । तर दोस्रो सेटमा भिमाद–४ ले खेलमा केही सुधार गर्दा शुक्लागण्डकी–१२ को समूह २५–२१ को स्कोरमा विजयी भयो । तेस्रो सेट भिमादले–४ ले २५–१८ को स्कोरमा जित हासिल ग¥यो । चौथो सेटमा शुक्लागण्डकी–१२ ले २५–२१ को जित निकाल्दै उपाधि कब्जा गरेको हो ।

    उपाधिसँगै शुक्लागण्डकी–१२ ले नगद ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भिमाद–४ ले नगद ४० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

    मङ्गलबार नै पहिलो सेमिफाइनलमा शुक्लागण्डकी–१२ ले चापाकोट नगरपालिका–४ (स्याङजा) लाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलमा भिमाद–४ ले नवलपुरको बौदिकाली गाउँपालिका–२ लाई पराजित गर्दै उपाधि भिडन्तमा शुक्लागण्डकी–१२ सँगको भेट पक्का गरेको हो ।

    सेमिफाइनलमा पराजित चापाकोट–४ र बौद्धिकाली–२ तेस्रो र चौथो स्थानका लागि भिडेका थिए । चापाकोट–४ ले बौदिकालि–२ लाई ३–१ को सेटमा पराजित गर्दैै तेस्रो स्थान हासिल गरेको छ । चापाकोटले २५–१८, २१–२५, २८–२६ र २५–२२ को स्कोरमा पराजित गरेको हो । तेस्रो र चौथो हुने समूहले क्रमश ः नगद २५ हजार रुपैयाँ र १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

    विधागततर्फ शुक्लागण्डकी–१२ का विवेक ठकुरी बेस्ट प्लेयर घोषित भए । शुक्लागण्डकी–१२ का अशोक ठकुरी बेस्ट सेटर, भिमाद–४ का सुर्य राना बेस्ट स्पाइकर, चापाकोट–४ का किसन गुरुङ बेस्ट ब्लकर, बौदीकाली–२ का आशिष श्रेष्ठ बेस्ट सर्भर, भिमाद–४ का विकास थापा बेस्ट डिफेन्डर घोषित हुँदै पुरस्कृत भए ।

    विजेता खेलाडीलाई भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा, शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले पुरस्कृत गरे । २४ मंसिरमा सुरु प्रतियोगितामा १२ समुहको सहभागिता रहेको थियो । तनहुँसँगै छिमेकी जिल्ला स्याङजा र नवलपुरको समूहले प्रतियोगितामा सहभागिता जनाएको खेल संयोजक सुर्य थापा मगरले जानकारी दिए ।