सचेतना जगाउँदै ‘सप्तरङ्ग–३’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सचेतना जगाउँदै ‘सप्तरङ्ग–३’

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०७८, बुधबार

    चितवन । नारायणी नदी किनारमा मङ्गलबार साँझ सचेतनामूलक सांस्कृतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ सम्पन्न भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गरेको ‘सप्तरङ्ग’मा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए ।

    उक्त कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिँदै छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सम्पन्न गरेर सप्तरङ्ग समूहले यहाँ कार्यक्रम गरेको हो । ब्रोडकाष्टिङका सञ्चालक गेहेन्द्र घिमिरेले ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरङ्ग’को मूल आशय रहेको बताए ।

    पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित थियो । कला संस्कृतिलाई उजागर गर्दै यही मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा पुगेर अन्त्य हुने उहाँले जानकारी दिए ।

    काँकडभिट्टालगत्तै मङ्सिर २६ गते जनकपुर, २८ गते चितवन, पुस १ मा नेपालगञ्ज, पुस ३ मा सुर्खेत, पुस ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडल उषा उप्रेतीलगायतका कलाकारको सहभागिता हुने गरेको छ ।