काठमाडौ । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ।
बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो।
आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको हो।
यी पदहरूमा पुस २० गतेसम्म आवेदन दिन पाइने छ। पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।