अकोराब तनहुँको संयोजकमा पण्डित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अकोराब तनहुँको संयोजकमा पण्डित

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बुधबार

    दमाैली । सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराब) तनहुँको संयोजकमा हरिशरण पण्डित चयन भएका छन् । देशभरका सामुदायिक रेडियोहरुको छाता सङ्गठन अकोराबको बुधबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट पण्डित पुनः संयोजकमा चयन भएका हुन् ।

    पण्डित तनहुँ सञ्चार सहकारी सस्थाद्वारा सञ्चालित दमाली एफएमका अध्यक्ष समेत हुन् ।

    अधिवेशनबाट समितिको सदस्यहरुमा रेडियो देवघाटका निरञ्जन हाँडा, मादीसेती एफएमकी अन्जना तिमल्सेना, रेडियो देवघाटका गोपाल न्यौपाने, रेडियो छिम्केश्वरीका शर्मिला विक चयन भएका छन् ।

    अधिवेशनको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ तनहुँका निर्वतमान अध्यक्ष तथा अकोराब गण्डकी प्रदेशका निवर्तमान उपाध्यक्ष ओमकार आचार्यले पत्रकारिता क्षेत्रलाई चौथो अङ्ग भनिएपनि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले रेडियोको संरक्षण गर्न नसकेको बताए ।

    नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले सामुदायिक रेडियोको हितको लागि संस्थागत आवाज उठाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

    नवनिर्वाचित अध्यक्ष पण्डितले कोरोनाको कहरले थलिएको वर्तमान परिवेशमा सामुदायिक रेडियोहरु सञ्चालन गर्न कठिन भएको बताउँदै जिल्लाका सबै सामुदायिक रेडियोहरुलाई उचित संरक्षण र प्रबद्र्धन गर्न आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे ।