पूर्वगृहमन्त्री जोशीद्वारा तेस्रो चरणको जिल्ला भ्रमण तालिका सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वगृहमन्त्री जोशीद्वारा तेस्रो चरणको जिल्ला भ्रमण तालिका सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बुधबार

    दमौली । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले तेस्रो चरणको १० दिने गृह जिल्ला भ्रमण तालिका सार्वजनिक गरेका छन् । नेता जोशी पुस १८ देखि २७ गते सम्मको जनता भेटघाट कार्यक्रम अन्तर्गत गृह जिल्ला आउन लागेका हुन् ।

    नेता जोशीले आँबुखैरेनी, कुमालटारी, कलेस्तीदोभान, क्यामिन, पुलिम¥याङ, मेवाबारी, नारायणचौर, टुटेपानी, देवघाट, कोटा, छिपछिपे, साराङघाट, घुमाउने, प्युघर, लगायतका स्थानका जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।

    नेपाली काँग्रेस तनहुँका सस्थापक सचिव समेत रहेका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ काँँग्रेसका नेता तथा कार्यकर्ता रुष्ट छन् ।

    यसै सन्दर्भमा आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई मध्य नजर राखि जनताको अभिमत बुझ्न नेता जोशीले दुई चरणको भ्रमण गरिसकेका छन् । १९ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित छन् ।