वर्ल्डलिंकले भित्र्यायो फास्ट इन्टरनेट, स्पिड अब १५० एमबिपिएस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वर्ल्डलिंकले भित्र्यायो फास्ट इन्टरनेट, स्पिड अब १५० एमबिपिएस

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बुधबार

    काठमाडाै । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबिपिएस गतिको इन्टरनेट भित्र्याएको  बताएको छ।

    उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकको भनाइ छ। यसमा नोकिया वैकन ३० राउटर प्रयोग हुने छ।

    वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबिपिएस गतिको हुने कम्पनीले घोषणा गरेको छ। उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा  इन्टरनेटको अनुभव गर्न पाउने बताइएको छ।

    घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैया अर्थात मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबिपिएस गतिको ईन्टरनेट उपभोग गर्न पाउने छन्। 

    १५० एमबिपीएस सहित २२५ एमबिपीएस र ३ सय एमबिपिएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

    ‘नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउनेअनुरूप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं’, वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल भने।

    विभिन्न तथ्यांकले देखाएअनुसार विश्वमा औसत ईन्टरनेटको स्पिड ८० एमबिपिएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्थिड २२ एमबिपिएस छ। साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबिपिएस पुग्ने अपेक्षा छ।

    काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ। उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कायालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिकको अपेक्षा छ।

    वल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन्। यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ।

    यो योजनाले इन्टरनेट सेवाग्राहीको वाईफाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वल्डलिंकको विश्वास छ। उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वर्ल्डलिकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको बताएको छ।

    साहसिक निर्मल पुर्जा वर्ल्डलिंकका सद्भावना दूत

    आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पूजा वल्डलिंकको सद्भावना दूत नियुक्त भएका छन्। बुधवार आयोजित कार्यक्रमकाबीच वर्ल्डलिंकले पूजालाई सद्भावना दूत नियुक्त गरेको हो।

    पुजाको हिमाल आरोकार सम्बन्धी कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र डकुमेन्ट्री ‘फोटिन पिक्सः नथिङ इज इम्पोसिबल’ केही साता अघि मात्रै नेटफ्लिक्समाफत् विश्वभर सार्वजनिक भएको छ। नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफिलक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो।