दमौली । नेकपा (एमाले) की नवनिर्वाचित केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सभामुखको धारणा सार्वजनिक नभईन्जेलसम्म सासंद अवरुद्ध हुने बताएकी छन् । नेकपा (एमाले) ले निष्काशित गरेका सासंदलाई सभामुखले सांसदबाट निष्काशित भईसकेको सूचना टाँस गर्नुपर्नेमा पदीय दायित्व भुलेर दल नै विभाजन गर्ने अध्यादेशलाई सदर गरेको दावी गरिन् ।
बिहीबार गृहजिल्ला तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
सरकारले दल विभाजन सम्वन्धी अनुकुलको अध्यादेश ल्याएर सभामुख त्यसको मतियारा बन्दा देशमा अहिलेको यो अराजकताको अवस्था सिर्जना भएको उनले बताइन् । दलीय व्यवस्थामा नेकपा एमालेले दलीय ह्वीप उल्लंघन गर्ने सासंदलाई संसदमा कारवाहीको औपचारिक पत्र पठाईसेकेको समयमा समेत सभामुखले दल विभाजन नहुन्जेलसम्म अड्काएर राजनीति गरेको बताए ।
“देशमा अहिलेको समस्याका कारक सभामुख समेत हुन्, त्यसैले सभामुखले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्दछ, जबसम्म दिनुहुन्न, नेकपा एमालेले संसद अवरोध गरिरहन्छ,” सासंद न्यौपानेले भनिन् ।
फरक प्रसंगमा अहिलेको शेरबहादुर देउवाको सरकार परमादेशको सरकारबाट बनेको हुँदा यसको वैधानिकता समेत नभएको उल्लेख गरिन् ।
सर्वोच्च अदालतमा भएको भौतिक आक्रमण र अराजकता त्यसैको प्रतिफल भएको उनले बताइन् । “नेकपा एमाले यस मुद्धामा क्लियर छ, किनकी यसको समर्थन तथा विरोधको जड भनेकै अहिलेको सरकार हो,” उनले भनिन् । निश्चित व्यक्तिको वर्हिगमनले सर्वोच्चमा भएको वेथिती नरोकिने हुँदा प्रक्रियामा नै सुधार गर्नुपर्ने उनले बताइन् ।