रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बिहीबार

    काठमाडौ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

    उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘