वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बिहीबार

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गरे । मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरुबीच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आइओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा भयो ।

    मन्त्री श्रेष्ठले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे । श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गरे ।

    वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्दै मन्त्री श्रेष्ठले पाँच बर्षे रणनीतिमा उल्लेख गरिएका बिषय कार्यन्वयन गर्न मन्त्रालय र आइओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच बर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरे ।