तीन सहमहामन्त्रीको परिणाम घोषणा, महिलामा डिना, जनजातिमा भीष्मराज र दलितमा जीवन परियार निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीन सहमहामन्त्रीको परिणाम घोषणा, महिलामा डिना, जनजातिमा भीष्मराज र दलितमा जीवन परियार निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बिहीबार

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।

    महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेका छन् ।

    आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।

    दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गरे।

    अरु पाँच सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।