दमौली । बन्दिपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि करिव साढे ३ करोडको लगानीमा सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको छ । सभा सेमिनार, मनोरनजन, स्वादिष्ट खानपान र आरामदायी बसोबासलाई लक्षित गरि जिल्ला मै फरक खालको सबै सेवा सुविधा भएको होटल सञ्चालन गरिएको होटल द रेड हाउसका संचालक कमल पौडेलले बताए ।
बालबालिका तथा युवायुवतीलाई लक्षित गरी शुक्रबारदेखि फनपार्क समेत सञ्चालनमा ल्याइएको छ । फनपार्कमा बाल उद्यान, स्विङ (पिङ) गार्डेनमा फोटो खिच्नको लागि आर्कषक डिजाइनहरु सहित छुट्टै रेष्टुरेण्ड तयार गरिएको छ ।
२० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिन भित्र संचालन गर्ने तयारी भैरहेको र पौडलले बताए ।
विदेशमी मनोरञ्जनका लागि प्रशस्त स्थानहरुको व्यवस्था गरिएतापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले फनपार्क संचालनमा ल्याइएको अर्का संचालक राजिब श्रेष्ठको भनाइ छ ।