आत्मनिर्भर बनाउन सीप सिकाउँदै म्याग्दे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    आत्मनिर्भर बनाउन सीप सिकाउँदै म्याग्दे

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७८, मंगलवार

    थर्पु । महिलालाई उद्यमशिल बनाएर आत्मनिर्भर बनाउन जिल्लाको म्याग्दे गाउँपालिकाले धमाधम सीपमूलक तालिम दिईरहेको छ । गाउँपालिकाले वडा नम्बर ४ का फुर्सदिला उद्यमी बन्ने चाहना राखेका महिलाहरुलाई व्युटिपार्लर सम्बन्धी तालिम दिएको हाे ।

    पछिल्लो समय बजारमा निकै माग भएको जनशक्ति व्युटिसियन तयार पार्नलाई गाउँपालिकाले एक महिने तालिम दिएको हो । गरिबी निवारण तथा लघुउद्यम विकास(मेड्पा) कार्यक्रम अन्तर्गत महिलालाई उद्यमी बनाउन गाउँपालिकाले दिएको एक महिने तालिमको मंगलबार समापन गर्दै सहभागी भएकालाई प्रमाणपत्र वितरण गरिएको छ ।

    सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले सिकेको सीपबाट आयआर्जन गर्न सक्नुपर्ने बताईन् । ‘सीप मात्रै सिकेर हुँदैन् । प्रयोगमा पनि ल्याउनुपर्छ,’ उनले भनिन् । व्युटिपार्लर सुन्दरतासँग सम्बन्धित पेशा भएकाले संवेदनशील भएर काम गर्नुपर्ने अध्यक्ष रानाको भनाई छ ।

    No description available.

    गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिप सिकेकाहरु परनिर्भर नभई अब आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । वडाध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य बद्रिका घिमिरे, गाउँपालिकाका लेखा अधिकृत नवराज पोखरेल, उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने, प्रशिक्षक रफत साना मियाँ, प्रशिक्षार्थी सविता श्रेष्ठ लगायतले सिकेकाे सीपलाई व्यवहारमा लागु गरे सजिलैसँग आम्दानी गर्न सकिने धारणा राखे ।

    व्युटिपार्लर सम्बन्धी तालिममा १४ जना महिलाको सहभागिता रहेको थियो । गाउँपालिकाले निशुल्क तालिम दिएपछि उद्यमशिल बन्ने प्रतिबद्धता सहभागीले गरेका छन् । यसअगाडी पनि गाउँपालिकाले ती महिलाहरुलाई आधारभूत तालिम दिएकाे थियाे ।

    यस्तै, गाउँपालिकाले एक हप्ते गुडिया बनाउने तालिम समेत दिएको छ । सोही वडाका महिलालाई गुडिया तालिम दिईएको हो । गत वर्ष तालिम लिएकालाई यसपाली पुर्नतार्जगी तालिम दिएको गाउँपालिकाले जनाएको छ ।