चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७८, बिहीबार

    पाेखरा । ‘लाउरे’ नामले युवामाझ चर्चित र्‍यापर आशिष राना पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबार गरेको आरोप लागेको छ ।

    कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाउरे पक्राउ परेको पुष्टि गरे । डिएसपी तिवारीले भने, ‘हिजो पक्राउ परेका हुन् । पोखराबाटै हो । लागुऔषध सम्बन्धमा मुछिएपछि अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’

    श्रोतका अनुसार उनीमाथि ब्राउन सुगर कारोबार गरेको आरोप लागेको छ । यसको मूख्य कारोबारी पनि पक्राउ परेका छन् । प्रहरीले यसबारे थप खुलाउन चाहेन । ‘अहिले अनुसन्धान हुँदैछ । अहिलेलाई यति भनेँ,’ डिएसपी तिवारीले भने ।

    कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले रानासहित ४ जना पक्राउ परेको जानकारी दिए । अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै उनले अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताए ।