माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, सोमबार

    काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल(प्रचण्ड) निर्विरोध निर्वाचित भएका छन् ।

    पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वम्मत निर्वाचित केन्द्रीय कमिटीको साेमबार बसेको बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।

    नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराको समर्थनमा प्रचण्ड अध्यक्षमा चुनिएका हुन् ।

    श्रेष्ठले राखेको प्रश्ताव केन्द्रीय कमिटी बैठकले सर्वसम्मत अनुमोदन गरेको बताइन्छ । माओवादीले महाधिवेशनबाट कमिटी निर्वाचित गर्ने र सो कमिटी बैठकबाट अध्यक्ष लगायतका पदाधिकारी चयन गर्ने गरी निर्वाचन कार्यविधि बनाएको छ ।