


चितवन, १९ असोज । कालिका नगरपालिका –०५ वडा कार्यालय चोकमा ट्याक्टर र जिप एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सोमबार दिउँसो १३:३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा १४:३९ बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगि उपचार भइरहेको छ ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेहरुलाइ उद्धार गरी अस्पताल पुर्याउनुका साथै ट्याक्टर चालक कालिका नगरपालिका–१ बस्ने ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने जिप चालक घाइते भएकाले अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरु:
१.बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा. ३ बस्ने वर्ष ५२ की सावित्री माझी,
२. बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा. ७ बस्ने वर्ष २६ की उमा श्रेष्ठ,
३. बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा. ३ बस्ने वर्ष २५ की कविता परियार,
४. बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा. ३ बस्ने वर्ष ४३ की मैया कुमारी लोप्चन,
५. बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा.३ बस्ने वर्ष २२ की जुनी सुनार,
६. बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा. ३ बस्ने वर्ष २० की उमा वाईवा,
७. बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा.३ बस्ने वर्ष २० की पवित्रा वि.क.,
८. बलेरोमा सवार जिल्ला चितवन कालिका न.पा.३ बस्ने वर्ष ४२ की लाल कुमारी गुम्वा,
९. बलेरो चालक जि.चितवन कालिका न.पा.३ बस्ने वर्ष ३९ को कोमल बहादुर श्रेष्ठ,
१०. ऐ. ३ बस्ने वर्ष ३५ की सितामाया श्रेष्ठ रहेका छन् ।