स्थानीय व्यवसायीलाई प्राथमिकता दिन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय व्यवसायीलाई प्राथमिकता दिन माग

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, सोमबार

    दुलेगाैडा । तनहुँका फर्निचर व्यवसायीहरुले स्थानीय तहलाई विभिन्न माग सहितका ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीय तहले फर्निचरका सामान खरिद गर्दा नियम विपरित गरि व्यक्तिगत लाभ लिने गरेको भन्दै व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन् । सोमबार शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्गलाई ध्यानाकर्षण पत्र दिँदै भारतीय मजदुर र राजस्व चुहावटको समस्याप्रति चासो दिन आग्रह गरे ।

    फर्निचर तथा फर्निसिङ व्यवसायी संघ तनहुँका अध्यक्ष अमरबहादुर भण्डारीले खुल्ला सीमानाका कारण भित्रिएका भारतीय मजदुरले व्यवसायीलाई समस्यामा पारेको बताए । भण्डारीका अनुसार उनीहरुले घर र संघसंस्थामा पुगेर फर्निचरका काम गर्दा कर तिरेर व्यवसाय गर्नेहरु समस्यामा परेका छन् । उनले बिना दर्ता बजार क्षेत्रमा फर्निचर ब्यवसाय गर्नेहरुलाई दर्ता प्रक्रियामा ल्याएर करको दायरामा ल्याउनुपर्ने बताए ।

    ध्यानाकर्षण पत्र बुझ्दै मेयर गुरुङ्गले ब्यवसायीको मागप्रति गम्भीर रहेको बताए । गुरुङले नियम विपरित काम भएको खण्डमा सुधार गरेर अघि बढ्ने बताए । गुरुङले फर्निचर व्यवसाय वन कार्यालयसँग सम्वन्धित हुने भएता पनि वन कार्यालय र स्थानीय सरकारको समन्वय नहुँदा समस्या सिर्जना भएको बताए ।

    फर्निचर व्यवसायीहरुलाई सम्वोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले स्थानीय सरकार र व्यवसायीबीचकाे समन्वयलाई वृद्धि गर्नुपर्ने बताए ।

    संघले शुक्लागण्डकी सहित व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका र भिमाद नगरपालिकालाई विज्ञेप्ती सहित ध्यानाकर्षण गराएको महासचिव सन्तोष विकले जानकारी दिए ।