दमाैली । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मदन आश्रित जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । भिमाद नगरपालिका–९ भानुमति निवासी दिलबहादुर थापाले विद्यालयमा मदन आश्रित जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।
नेकपा एमाले निकट लोकतान्त्रिक मगर सङ्घका केन्द्रीय आर्थिक विभाग प्रमुख थापाले विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका हुन् । ग्रामीण भेगमा रहेको विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरिएको थापाले बताए ।
“गाउँकै जन्मेर, पढेर काठमाडौमा बसोबास गरेपनि गाउँको माया अझै पनि छ,” उनले भने, “गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्नका लागि अक्षयकोष स्थापना गरेको हूँ ।”
अक्षयकोषबाट प्राप्त व्याजबाट वार्षिक दुई जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक प्रेम थापाले बताए । “छात्रवृत्तिले विपन्न विद्यार्थीको अध्ययनका लागि सहयोग पु¥याउँछ,” उनले भने ।
यसैगरी थापाले नेकपा एमाले ऋषिङ गाउँ कमिटीलाई ३० हजार र झिरुवास युवा क्लवलाई २५ हजार सहयोग गरेका छन् । एमाले ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले थापाले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।