एमाले तनहुँको सदस्यमा श्रेष्ठको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँको सदस्यमा श्रेष्ठको दावी

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७८, शुक्रबार

    दमौली । नेकपा एमाले तनहुँको जिल्ला कमिटी सदस्यमा दयाराम श्रेष्ठले दावी गरेका छन् । शुक्रबारदेखि सुरु हुने एमालेको नवौ अधिवेशनमा श्रेष्ठले सदस्य पदमा दावी गरेका हुन्। पार्टीमा लामो समयसम्म काम गरेकाले आफ्नो दावी स्वभाविक रहेको उनले बताए ।

    भिमाद नगरपालिका- १ डुम्रीबेसी निवासी श्रेष्ठले २०३८ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए । २०४६ सालको जनआन्दोलनमा घिरिङ, गजरकोट र किहुँको कमान्डर रहेका उनी २०४९ सालको स्थानीय निर्वाचनमा गजरकोट-९ को अध्यक्षमा झिनो मतले पराजित भएका थिए।

    काङ्ग्रेसद्वारा राजनीतिक प्रतिशोधका कारण धेरै मुद्दा मामिला र यातना भोगेका उनी तनहुँको दुर्गम क्षेत्रमा सक्रिय राजनीति गर्नेमा परिचित छन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनले काङ्ग्रेसको गढ मानिएको गजरकोट भत्काएका थिए।

    युवामाझ लोकप्रिय, साधा जीवन र स्पष्ट वक्ता, भ्रष्टाचार विरोधी अभियन्ता समेत रहेका श्रेष्ठले पार्टीले आफ्नो भूमिकाको सम्मान गर्नेमा विश्वस्त रहेको बताए।