बलराम बानियाँ स्मृति कोषलाई दिदीबहिनीको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बलराम बानियाँ स्मृति कोषलाई दिदीबहिनीको सहयोग

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७८, शनिबार

    दमाैली । स्व. पत्रकार बलराम बानियाँ स्मृति पत्रकारिता अक्षयकोषका लागि तीन जना दिदीबहिनीले आर्थिक सहयोग गरेका छन् । प्रेस युनियन तनहुँले स्थापना गरेको कोषका लागि काठमाडौ निवासी रञ्जु केसीले रु दश हजार, उहाँका दिदी चितवन निवासी बेन्जु केसीले रु पाँच हजार र बहिनी काठमाडौ बानियाँटार निवासी अन्जु केसीले रु पाँच हजार सहयोग गरेका हुन् ।

    तीन दिदी बहिनीको तर्फबाट रन्जु केसीले युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीलाई कूल रु २० हजार हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै रन्जुले पत्रकारितामा क्षेत्रमा पु¥याएको योगदानलाई चीरस्थायी बनाउन सहयोग गरेको बताइन् ।

    तीन दिदीबहिनीको स्व.पत्रकार बानियाँ भिनाजु नाता पर्छन् । युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम सङ्कलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ ।

    पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई रु २० हजार नगद हस्तान्तरण गरेका थिए । त्यस्तै बानियाँको वार्षिक पुण्यतिथिमा भदौ १४ गते नेपाली काङ्ग्रेस तनहुँका क्षेत्र नम्बर १ का सभापति श्याम मौरातीले रु दश हजार एक सय ५० सहयोग गरिसकेका छन् ।

    अक्षयकोषमा हालसम्म ५३ हजार रकम सङ्कलन भईसकेको छ भने उक्त अक्षकोषको लागि कम्तिमा दुई लाख सङ्कलन गर्ने लक्ष्य राखिएको युनियनका अध्यक्ष नहर्कीले जानकारी दिए ।

    अक्षयकोषबाट प्राप्त व्याजले वर्षेनी पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने उत्कृष्ट मध्ये एक जना पत्रकारलाई पुरस्कृत गरिने युनियनले जनाएको छ ।