दमौली । नेकपा एमाले तनहुँको सदस्यमा भिमाद नगरपालिकाबाट सात सदस्य सर्नसम्मत भएका छन् । एमालेको जारी अधिवेशन अन्तरगत भिमाद नगरपालिकाबाट पॉच खुल्ला र दुई महिला सदस्य सर्वसम्मत भएका हुन् ।
जिल्ला सदस्यमा उज्वल खनाल, भवानी शंकर लम्साल, सूर्यकुमार श्रेष्ठ, दलराज थापा, धनन्जय गैह्रे र महिलातर्फबाट कोपिला लम्साल र दिना गोतामे सर्वसम्मत भएका हुन् ।
यद्यपि निर्वाचन समितिबाट आधिकारिक घोषणा हुन बॉकी छ । भिमाद नगर कमिटीले सर्वसम्मत गराएर उम्मेदवारी दर्ता गराएको छ ।
प्रत्येक नगरपालिकाबाट पॉच खुल्ला र दुई महिला तथा गाउँपालिकाबाट तीन खु्ल्ला र दुई महिला निर्वाचित हुने प्रावधान छ ।