दुलेगौँडा : भिमाद नगरपालिका–९ पादर्थीमा जारी साविक वडा स्तरीय भलिबल प्रतियोगितामा शनिबारदेखी दोस्रो चरणको खेल सुरु भएको छ । पर्यटन प्रबद्र्धनका लागी पाथर्दी युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबार पहिलो चरणको खेल सकिएर दोस्रो चरणको खेल सुरु भएको हो ।
पहिलो खेलमा पाङमी अनुपस्थित भएपछि आयोजक पाथर्दी ‘ए’ दोस्रो चरण प्रवेश गर्न सफल भयो । दोस्रो खेलमा रघुले सिम्लेलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । तेस्रो खेलमा पाथर्दी ‘सि’ विजयी भयो । लामीडाँडालाई २–० को सोझो सेटमा पराजित गर्दैै पाथर्दी ‘सि’ विजयी भएको हो ।
दोस्रो चरणको पहिलो खेलमा पाथर्दी ‘ए’ विजयी भएको छ । पाथर्दी ‘ए’ ले मोहोरियालाई २–१ को सेटमा पराजित गर्न सफल भयो । दोस्रो चरण अन्तर्गतको दोस्रो खेलमा डेढगाउँले चैनपुरलाई २–० को सोझो सेटमा पराजित गरेको छ । शनिबारको अन्तिम खेलमा सरडाँडा विजयी भएको छ । सरडाँडाले कोखेलाई २–० को सोझो सेटमा पराजित गरेको हो । शनिबार हुने भनिएको अन्य दुई खेल बर्षाले रोकिएको छ ।
विहीबार सुरु प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैयाँको साथमा नौ थान जर्सी पाउने आयोजकले जनाएको छ । उपविजेताले ४० हजार रुपैयाँको साथमा नौ थान जर्सी पाउनेछन् । तेस्रोले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, चौथोले १० हजार हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने जनाईएको छ ।
खेल भिमाद नगरपालिका–९ पाथर्दी खेलमैदानमा हुनेछ । पाथर्दी सामुदायिक होमस्टे र पाथर्दीै वोर बाख्रा स्रोत केन्द्र प्रतियोगिताको संरक्षकको रुपमा रहेका छन् । क्लबले माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम पनि गर्दैछ । फाईनलसँगै तेस्रो र चौथो स्थानको खेल माघे संक्रान्तिको दिनमै हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३० समुहको सहभागिता रहेको खेल संयोजक विजय रानाले बताए । उनका अनुसार तनहुँसँगै स्याङजा र नवलपुरका समुहको सहभागिता रहेको छ ।