सरकारको निर्णयसँगै के होला तनहुँ महोत्सव ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारको निर्णयसँगै के होला तनहुँ महोत्सव ?

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०७८, सोमबार

    दमौली । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने गरी कडाई गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। पछिल्लो केही दिन यता दैनिक रुपमा कोरोना सङ्क्रमित बढेपछि सरकारले बढी जमघट हुने कार्यक्रममा रोक लगाउने निर्णय गरेको छ ।

    सरकारले निर्णयसँगै तनहुँ उद्योग वाणिज्य सङ्घले माघ १९ गतेदेखि आयोजना गर्न लागेको आठौ तनहुँ महोत्सव के होला ? भन्ने चासो बढेको छ। छिमेकी कास्की जिल्लामा सञ्चालन हुन लागेको पोखरा महोत्सव स्थगित भइसकेको छ । यसले गर्दा तनहुँ महोत्सव सञ्चालनका लागि प्रशासन कार्यालयले अनुमति दिने अवस्था नदेखिएको प्रशासन स्रोतले जानकारी दिएको छ।