


दमौली । नेपाल शिक्षक सङ्घ तनहुँको अध्यक्षका उम्मेदवार रमेशबाबु भट्टराईले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आगामी फागुन १३ र १४ गते हुने अधिवेशनमा अध्यक्षका उम्मेदवार भट्टराईले आफ्नो जित सुनिश्चित रहेको बताएका हुन् ।
शिक्षकका हकहितका लागि गरेका कामका कारण सबै शिक्षकको समर्थन आफूले प्राप्त गर्ने भट्टराईले बताए । “शिक्षकका मुद्धामा सदैव पैरवी गर्दै आएका कारण शिक्षक साथीहरुले यो पटक मलाई अगाडी बढ्नुपर्छ भनेर हौसला दिनुभएको छ,” उनले भने, “आम शिक्षकका समस्या बारे निडर रुपमा बोल्न सक्छु ।”
निजामति कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आएका शिक्षकको मनोभावना अनुरुप भट्टराईले सर्वोच्चमा रिट दायर गरेका कारण उनी देशभर चर्चित छन् ।
म्याग्देस्थित रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक भट्टराई स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक समेत हुन् ।