दमाैली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसँगको सहकार्य तत्काल तोड्नुपर्ने बताएका छन् ।
कम्युनिष्टसँगको सहकार्य जति बढायो त्यति नै कांग्रेसलाई घाँटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने उनले बताए । कम्युनिष्टहरुलाई कांग्रेसले सधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वासमाथि घात गर्ने काम भएकाे भण्डारीले दावी गरे । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा बोल्दै उनले मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा रहेको हुँदा आगामी निर्वाचमा एक्लैले बहुमत ल्याउनका लागि कांगेस आजैदेखि तयारीमा जुट्नुपर्ने बताए ।