भूमि आयोग तनहुँको अध्यक्षमा अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमि आयोग तनहुँको अध्यक्षमा अधिकारी

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७८, शुक्रबार

    दमौली । भूमि आयोग तनहुँको अध्यक्षमा रामचन्द्र अधिकारी नियुक्त भएका छन् । नेपाली काङ्ग्रेसका नेता डुम्रे निवासी अधिकारीलाई सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो।

    सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु गुपचुप नियुक्त गरेको छ । उनीहरुलाई मन्त्रालय बोलाएर धमाधम नियुक्तिपत्र बाँड्न थालिएको स्रोतले बतायो ।

    गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय लिएको थियो । तर, उक्त निर्णयलाई सार्वजनिक गरिएको थिएन । साथै सरकारले यो निर्णय राजपत्रमा प्रकाशित पनि गरेको छैन ।

    अघिल्लो सरकारले भूमि आयोगका जिल्ला अध्यक्षहरूलाई नियुक्ति दिनुअघि राजपत्रमा सूचना प्रकाशित गरेको थियो । देवी ज्ञवालीको नेतृत्वको उक्त आयोग देउवा सरकारले खारेज गरेर नयाँ बनाएको छ । आयोग बनाइएको लामो समयपछि जिल्ला अध्यक्ष नियुक्त गरिएको हो । कार्यकर्ता भर्तीको आरोप लाग्ने डरले गुपचुपरुपमै काम गरिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतको भनाइ छ ।