गण्डकीमा थपिए एक सय ८६ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए एक सय ८६ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ३० पुष २०७८, शुक्रबार

    पाेखरा । तनहुँमा १६ सहित गण्डकी प्रदेशमा एकैदिन एक सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका आठ जिल्लामा शुक्रबार एक सय ८६ जना सङ्क्रमित थपिएका हुन् ।

    त्यसमध्ये ३४ जना एन्टिजेन र एक सय ५३ जना पिसीआर परीक्षणबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्इ आपतकालिन कार्यसञ्चालन केन्दका संयोजक नवराज शर्माले जानकारी दिए ।

    मुस्ताङमा दुई, म्याग्दीमा पाँच, कास्कीमा ९५, लमजुङमा एक, तनहुँमा १६, नवलपुरमा ५५, स्याङ्जा दश र बागलुङमा दुई जना सङ्क्रमित थपिएका छन् ।

    पिसीआरमार्फत् प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ९०, मध्यविन्दु अस्पताल नवलपुरमा ४५, भरतपुर अस्पतालमा आठ र व्यास कोभिड अस्पतालमा ९ जनामा कोरोना पुष्टि भएको हो ।