युवा सङ्घको केन्द्रीय सदस्यमा तनहुँका तीन, जिल्ला संयोजकमा मदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा सङ्घको केन्द्रीय सदस्यमा तनहुँका तीन, जिल्ला संयोजकमा मदन

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७८, शुक्रबार

    दमाैली । नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घको केन्द्रीय सदस्यमा तनहुँका तीन जना चयन भएका छन् । पोखरामा सम्पन्न युवा सङ्घको केन्द्रीय सचिवालय बैठकले तनहुँका तीन जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।

    केन्द्रीय सदस्यमा भीमादका उज्वल खनाल, शुक्लागण्डकीका इश्वरकुमार श्रेष्ठ र तीर्थराज खनाल चयन भएका छन् ।

    बैठकले तनहुँकाे इन्चार्जकाे जिम्मेवारी खनाललाई दिएकाे छ । बैठकले दुई हजार चार सय जनाकाे कमिटीलाई तीन सय ५१ मा झारेर आयाेजक कमिटी बनाएकाे खनालले जानकारी दिए ।

    यसैगरी सङ्घको जिल्ला अध्यक्षको जिम्मेवारी मदन तिमिल्सिनाले पाएका छन् ।