दमाैली । कोरोना विरुद्धको बुस्टर डोज खोप तनहुँमा पनि लगाइने भएको छ । स्वास्थ्यकर्मी लगायत अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले खोप समितिको बैठकले निर्णय गरेपछि अभियान सुरु हुने जानकारी दिए ।
पहिलो र दोस्रो डोजमा जुन खोप लगाएको छ बुस्टर डोजमा पनि सोही खोप दिइनेछ । पूर्ण अर्थात् दोस्रो डोज खोप लगाएको ६ महिना पूरा भइसकेकाले मात्र बुस्टर डोज पाउने अधिकारीले जानकारी दिए ।
बुस्टर डाेज पहिलाे चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतले पाउनेछन् ।