तनहुँमा एक लाख ७० हजारलाई खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एक लाख ७० हजारलाई खोप

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७८, मंगलवार

    दमौली । तनहुँमा एक लाख ७० हजार बढीले कोरोना विरुद्धको पुर्ण खोप लगाएका छन् । सोमबारसम्म एक लाख ७० हजार १७० जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए ।

    उनका अनुुसार ६८ हजार ८६० जनाले पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको खोपको पखाईमा छन् । तीन लाख ४९ हजार ७१६ जनालाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्य छ । ३१ हजार ७६८ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोर्डना खोप लगाईएको छ । ३६ हजार ९५५ जनालाई मोर्डना खोप लगाउने स्वास्थ्य कार्यालयको लक्ष्य थियो ।