दमाैली । तनहुँमा बुधबारदेखि कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाइने भएको छ । सोमबार बसेको खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकको निर्णय अनुसार पहिलो खोप २०७७ माघ १४ गतेदेखि चैत मसान्तसम्म लगाएका साथै दोस्रो मात्रा खोप लगाइ ६ महिना पूरा भएकालाई बुधबारदेखि बुस्टर मात्रा खोप लगाउन लागिएको हो ।
अग्रपङ्क्तिमा खटिएका तथा सार्वजनिक सेवामा खटिएका व्यक्तिहरुलाई बुस्टर डोज दिइनेछ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक शव वाहनलाई माघ ५, जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीलाई माघ ६ गते, जनप्रतिनिधिलाई माघ ६ गते, सुरक्षा निकायलाई माघ ७ गते, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई माघ ७ गते, पत्रकारलाई माघ ७ गते र सार्वजनिक फोहर सरसफाईकर्मी, सार्वजनिक यातायातका चालक र सहचालकलाई माघ ७ गते बुस्टर डोज खोप दिइनेछ ।