दमौली । तनहुँमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । बुधबार एकैदिन तनहुँमा ८३ सङ्क्रमित थपिएका छन् ।
व्यास ल्याब कोभिड अस्पतालमा गरिएको पिसीआर परीक्षणबाट चार जना सङ्क्रमित थपिएका छन् । यसैगरी एन्टिजेनबाट ४५ जना सङ्क्रमित थपिएका छन् । बॉकी सङ्क्रमित पोखराबाट पहिचान भएका हुन् ।