युवा संघद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिकाे विराेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा संघद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिकाे विराेध

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७८, शुक्रबार

    दमाैली । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा राष्ट्रिय युवा संघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेकाे छ । मूल्यवृद्धिकाे विरोधमा युवाहरुले अनसन चोकदेखि ट्राफिक चोकसम्म आफ्नो सवारी साधन डोहो¥याएका थिए ।

    युवाहरुले मुल्यवृद्धि फिर्ता गर, भ्रष्टाचारको छानविन गर, स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर, २४ लाख खोप हराएको घटनाको निश्पक्ष अनुसन्धान गर जस्ता नारा लगाएका थिए ।

    विरोध प्रर्दशन पछि आयोजित कोणसभामा राष्ट्रिय युवा संघ तनहूँका संयोजक मदन तिमल्सेना र सचिव बसन्त पौडेलले सरकारले देशको अर्थतन्त्र टाँट पल्टाएको भन्दै भ्रष्टाचारको घटनाको छानविन गर्नु पर्ने तथा हालै बढाईएको मुल्यबृद्धी तत्काल फिर्ता लिनु पर्ने बताएका थिए ।