दमाैली । तनहुँको भिमाद नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत सबै चिकित्सक, पारामेडिक्स स्टाफ, तीन जना नर्सिङ कर्मचारी, फार्मेसी, एक्सरे, आँखा उपचार कक्षका कर्मचारी र कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकेन्द्रको सेवा बन्द गरिएको हो ।
प्रसुती र प्रयोगशालाको एन्टिजेन सेवा बाहेक अरु सम्पूर्ण सेवा स्थगित गरिएको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा. सागर घिमिरेले जानकारी दिए। ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र स्वाद हराउने जस्ता लक्षण देखिएको र नियमित सेवा प्रवाह गर्ने उक जना स्वास्थ्यकर्मी नभएका कारण सेवा बन्द गरिएको उनले बताए ।