कोरोना सङ्क्रमणबाट बन्दीपुरकी महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट बन्दीपुरकी महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०७८, शनिबार

    दमौली । कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ। तेस्रो लहरको कोरोना सङ्क्रमणपछि पहिलो पटक तनहुँका एकको मृत्यु भएको हो ।

    बन्दीपुर-२ की ९३ वर्षीया महिलाको पोखरास्थित सङ्क्रामक तथा सरुवा रोग अस्तपालमा मृत्यु भएको हो। उनमा पुस २३ गते कोरोना पुष्टि भएको थियो ।

    थप ६७ मा सङ्क्रमण

    पछिल्लो २४ घण्टामा तनहुँमा ६७ सङ्क्रमित थपिएका छन्। ३० महिला र ३७ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।