तनहुँमा एकैदिन थपिए एक सय सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एकैदिन थपिए एक सय सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७८, सोमबार

    दमाैली । तनहुँमा सोमबार एक सय कोरोना सङ्क्रमित थपिएका छन् । व्यास कोभिड अस्पतालमा पिसीआर र एन्टिजेन परीक्षण गरिएकामा एक सय सङ्क्रमित थपिएका हुन् ।

    थपिनेमध्ये ४० महिला र ६० पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसमध्ये ३१ जना व्यास कोभिड अस्पतालमा गरिएको पिसीआर परीक्षणबाट पहिचान भएका हुन् ।