दमौली । तनहुँमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विवरण अनुसार तनहुँका ४२ महिला र ४४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यसमध्ये व्यास कोभिड अस्पतालबाट ६ जना पहिचान भएका हुन् । स्वास्थ्य कार्यालय तनहुँबाट ३३ जना एन्टिजेन परीक्षणबाट पहिचान भएका हुन् ।