दमौली । तेस्रो लहरको कोरोना जोखिम बढेपछि तनहुँ कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ। कोरोना जोखिम न्युनीकरणका लागि कारागार प्रशासनले कैदीबन्दी भेटघाट बन्द गरेको हो ।
कारागारका सूचना अधिकारी नारायण अधिकारीले अर्को सूचना नभएसम्मका लागि कैदीका आफन्तलाई भेटघाटमा रोक लगाइएको जानकारी दिए ।
कारागारमा हाल दुई सय ५६ कैदीबन्दी छन् ।