व्यासको पिसीआर प्रयोगशाला पुनः सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको पिसीआर प्रयोगशाला पुनः सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७८, सोमबार

    दमाैली । व्यास नगरपालिकाले सञ्चालन गरेको पिसीआर प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ ११ गतेदेखि बन्द भएको प्रयोगशाला आजदेखि पुनः सञ्चालनमा आएको हो ।

    प्रयोगशालामा कार्यरत चारमध्ये तीन जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पिसीआर परीक्षण बन्द गरी एन्टिजेन मात्रै गरिएकामा आजदेखि पुनः प्रयोगशाला सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    नगरपालिकाले व्यास–१० दुम्सीस्थित कोभिड अस्पतालमा पिसीआर प्रयोगशाला सञ्चालन गरेको छ । प्रयोगशालाबाट माघ १ गतेदेखि निःशुल्क रुपमा पिसीआर परीक्षण हुँदै आएको छ । नगरपालिकाले यस अगाडी पिसीआर परीक्षणका लागि रु एक हजार शुल्क लिने गरेको थियो । कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नगरवासीलाई महामारी अवधिभर निःशुल्क सेवा दिने निर्णय गरेको थियो ।

    कोरोना महामारीले आक्रान्त भएको समयमा पिसीआर रिपोर्ट आउनै ८÷९ दिन लागेपछि नगरपालिकाले प्रयोगशाला सञ्चालन गरेको थियो । पिसिआर प्रयोगशालामा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।