युवा सङ्घले निकाल्यो दमौलीमा रॉके जुलुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा सङ्घले निकाल्यो दमौलीमा रॉके जुलुस

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७८, बिहीबार

    दमौली । नेकपा एमाले समर्थित युवा सङ्घ तनहुँले बिहीबार दमौलीमा रॉके जुलुस निकालेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा युवा सङ्घले रॉके जुलुस निकालेको हो ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको युवा सङ्घ तनहुँका अध्यक्ष मदन तिमिल्सनाले जानकारी दिए ।

    युवा सङ्घका कार्यकर्ता रॉके जुलुस निकाल्दै गर्दा प्रहरी भने रॉके निभाउँदै हिँडेको थियो । युवा सङ्घका कार्यकर्ताले ट्राफिक चोकमा नारा जुलुस समेत निकालेको थियो ।