तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७८, शुक्रबार

    दमाैली । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षा भएसँगै आज बिहान छिम्केश्वरी डाँडामा हिमपात भएको हो ।

    आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए। “जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा लामो समयपछि हिमपात भएको छ, यसभन्दा अगाडी धेरै वर्ष पहिला हिउँ परेको थियो,” उनले खबरपुञ्जसँग भने ।

    उनकाअनुसार छिम्केश्वरी मन्दिर भन्दा केही तल रहेको ठूल्ढुङ्गी भन्ने ठाउँमा हिमपातले डाँडा सेताम्य भएको छ । “बस्ती नभएको ठाउँमा हिउँ परेर डाँडा सेताम्य भएको छ, यसभन्दा पहिला पनि हल्का हल्का पर्ने गरेपनि यस पटक भने डाँडा सेतो हुने गरी हिउँ परेको छ,” उनले भने ।

    समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।

    तस्वीर साैजन्य : सूर्यमान गुरुङ

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।