थर्पु नेवा : खलद्वारा सामूहिक ईहिं यज्ञ (बेल विवाह)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पु नेवा : खलद्वारा सामूहिक ईहिं यज्ञ (बेल विवाह)

    नुक्त भुजेल

    २२ माघ २०७८, शनिबार

    म्याग्दे । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु नेवा ः खलको आयोजनामा नेवार समुदायको सस्स्कार अनुसार वैदिक विधिपूर्वक कन्याहरुको लागि सामूहिक बेल विवाह (ईहि यज्ञ) शनिबारदेखि सूरु भएको छ । कार्यक्रममा म्याग्दे दया ः दबु का अध्यक्ष ज्योतिकुमार श्रेष्ठले नेवारी संस्कृति र सम्पदालाई जोगाउन नेवार समुदाय अग्रसर हुनुपर्ने बताए ।

    No description available.

    कार्यक्रममा म्याग्दे गाउँपालिका–४ का वडा सदस्य दिपक श्रेष्ठले रजश्वला हुनुपूर्व नेवार कन्याहरुका लागि सामूहिक बेलविवाह विश्वमै नमूनाका रुपमा स्थापित संस्कारमध्ये एक रहेको बताए ।

    No description available.

    खलका अध्यक्ष रामकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमा निवर्तमान अध्यक्ष भिमलाल श्रेष्ठ, मिशा पुचका अध्यक्ष पशुपति मल्ल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    इहि यज्ञमा पहिलो दिन ३० कन्याको सहभागिता रहेको थियो । कार्यक्रम माघ २४ गतेसम्म सञ्चालन हुने अध्यक्ष मल्लले जानकारी दिए ।