दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८÷७९ को बजेट संशोधन सहित पारित गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न दशौं गाउँसभाले चालु आर्थिक वर्षका लागि रु ५९ करोड ९१ लाख ३० लाखको बजेट संशोधन सहित पारित गरेको हो ।
गाउँसभाले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली विधेयक पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । गाउँपालिकाले हालै मात्र एम्बुलेन्स खरिद गरेको छ । एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि आवश्यक भएपछि गाउँसभाबाट पारित गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अर्याल लगायतले चालु आर्थिक वर्षमा भएका प्रगतिका बारेमा जानकारी गराएका थिए ।
गाउँसभामा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठ, लेखापाल सञ्जय काफ्ले, सहायकस्तर पाँचौ शिखरलाल डोटेल, अञ्जु गुरुङ, शिक्षा शाखामा कार्यरत धु्रव सेढाइँ, अमिन सरोजचन्द्र अधिकारी, कार्यालय सहयोगी धनबहादुर दर्लामी रहेका छन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।