व्यास नगर प्रमुखमा काङ्ग्रेस उपसभापति श्रेष्ठको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगर प्रमुखमा काङ्ग्रेस उपसभापति श्रेष्ठको दावी

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७८, बुधबार

    दमौली । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि राजनीतिक माहोल तातेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि दावेदारले आफ्नो उम्मेदवारी प्रस्तुत गर्न थालेका छन् ।

    यसैक्रममा व्यास नगरपालिकाको प्रमुखमा काङ्ग्रेस जिल्ला उपसभापति देवकुमार श्रेष्ठले दावी प्रस्तुत गरेका छन् । श्रेष्ठले तलबभत्ता नलिने शर्तसहित नगरप्रमुखमा दावेदारी प्रस्तुत गरेका हुन् । उनले भने, “तलबत्ताको कुनै सुविधा नलिने सर्त सहित जनताकाे सेवा र विकास गर्ने इच्छा रहेकाे छ ।”

    जिल्लाको ठूलो र पुरानो नगरपालिका भएकाले व्यासमा उच्च तहका नेताहरुको दावी रहने गरेको छ । व्यासको नगर प्रमुखमा वैकुण्ठ न्यौपानेले पनि दोहोर्याउने इच्छा व्यक्त गरेका छन् । पूर्व सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, मोहनकुमार श्रेष्ठ पनि नगरप्रमुखका प्रवल दावेदार हुन् ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।