फागुन १ देखि तनहुँमा विद्यालय सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फागुन १ देखि तनहुँमा विद्यालय सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, बिहीबार

    दमाैली । तनहुँमा पनि फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चालन हुने भएको छ । सरकारको निर्णय बमोजिम जिल्ला कोभिड व्यवस्थापन समिति तनहुँले फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चालन गर्न सकिने जनाएको छ ।

    समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बिहीबार आदेश जारी गरी विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेण्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएका छन् ।

    तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा विद्यार्थी सङ्ख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनका व्यवस्था मिलाउन निर्देशन दिइएको छ । सबै किसिमका परीक्षाहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जेड आधारमा सिट व्यवस्थापन गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने समितिले जनाएको छ ।

    कोभिड–१९ को जोखिम कम नभएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा साथमा खोपकार्ड राख्न अनुरोध गरिएको छ ।

    May be an image of text
    No photo description available.
    May be an image of text