कांग्रेस क्षेत्र नम्बर २ को कोषाध्यक्षमा पुन, प्रवक्तामा श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस क्षेत्र नम्बर २ को कोषाध्यक्षमा पुन, प्रवक्तामा श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, बिहीबार

    दुलेगौडा । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ को कोषाध्यक्षमा मनबहादुर पुन मनोनित भएका छन् । क्षेत्रीय समितिको बिहीबार सम्पन्न बैठकले पुनलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।

    यसैगरी प्रवक्ताको जिम्मेवारी इश्वर श्रेष्ठले पाएका छन् । संगठन विभाग प्रमुखमा पूर्णबहादुर श्रेष्ठ मनोनित भएका छन् । यस्तै सदस्यहरुमा सुरेश वाग्ले, लक्ष्मी बस्ताकोटी, कमला सिग्देल, सपना पराजुली र मैनादेवी सुनार मनोनित भएको बताइएको छ ।