एमाले तनहुँद्वारा विभाग गठन, कसलाई कुन जिम्मेवारी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँद्वारा विभाग गठन, कसलाई कुन जिम्मेवारी ?

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७८, सोमबार

    दमौली । नेकपा एमाले तनहुँले विभिन्न विभाग गठन गरेको छ । जिल्ला अधिवेशनबाट निर्वाचित समितिको आइतबार बसेको पहिलो पूर्ण बैठकले विभिन्न विभाग गठन गर्दै जिम्मेवारी तोकेको छ ।

    सङ्गठन विभागको प्रमुखमा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आर्थिक विभागको प्रमुखमा उपाध्यक्ष हरिराज कंडेल, पार्टी स्कूल विभागको प्रमुखमा सचिव राजेश्वर ढकाल, प्रचार विभागको प्रमुखमा उपसचिव प्रदीपराज अधिकारी र मोर्चा सङ्गठन विभागको प्रमुखमा उपसचिव खिम कुमाललाई तोकिएका छन् ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कार्यकर्ता परिचालनका लागि जिम्मेवारी पनि तोकिएको सचिव राजेश्वर ढकालले बताए ।

    जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भानु नगरपालिका र देवघाट गाउँपालिकामा उपाध्यक्ष हरिराज कंडेल, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सचिव राजेश्वर ढकाल, व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकामा उपसचिव प्रदीपराज अधिकारी, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा उपसचिव खिमबहादुर कुमाललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

    बैठकले एक सय पाँच सदस्यीय जिल्ला सल्लाहकार समिति गठन गर्ने निर्णयगरेको छ । आगामी फागुन १२ गतेभित्र सम्पूर्ण वडा कमिटी, फागुन १५ गतेभित्र स्थानीय पालिकाकमिटीको बैठक गरिसक्ने तथा फागुन महिनाभित्र सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरुले आफ्नो सम्पत्ति विवरण पार्टी जिल्ला कार्यालयमा बुझाउनुपर्ने निर्णय गरेको छ ।

    बैठकले जिल्ला कमिटीको रिक्त रहेको सदस्यमा भानुका शङ्कर रानाभाट र गोविन्द मिश्र, देवघाटका शिवराज पौडेल, व्यासका सीता कैनी र सङ्गिता विक, म्याग्देका सुनिता नेपाली र शुक्लागण्डकीका सूर्यकला ढकाललाई मनोनित गरेको छ भने विधान अनुसारको मनोनित भने आगामी बैठकमा गर्ने निर्णय भएको एमाले तनहुँले जनाएको छ ।