दमाैली । एमसिसीको विरोधमा नेपाल बन्द गराउन खटिएका बन्दकर्तालाई प्रहरीले बुधबार दमौलीस्थित मुख्यचोकबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको नेपाल बन्दका क्रममा प्रहरीले आठ जना बन्दकर्ता पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। नेपाल बन्दका क्रममा जिल्लामा कुनैपनि अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा सुरक्षा दिइरहेको छ ।
बन्दका कारण बजार बन्द छन् भने सार्वजनिक सवारीसाधन फ्याट्टफुट्ट सञ्चालन भइरहेको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।