राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४७ विद्यालय छनौट (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४७ विद्यालय छनौट (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७८, बुधबार

    दमाैली । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँ जिल्लाका ४७ सामुदायिक विद्यालय छनौट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका दश स्थानीय तहका विद्यालय छनौट गरेको हो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ । छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

    कार्यक्रमका लागि भिमाद नगरपालिकाका छ, बन्दीपुर गाउँपालिकाका पाँच, भानु नगरपालिकाका पाँच, व्यास नगरपालिकाका सात, म्याग्दे गाउँपालिकाका तीन, आँबुखैरेनी गाउँपालिकाका चार, ऋषिङ गाउँपालिकाका चार, शुक्लागण्डकी नगरपालिकाका पाँच, घिरिङ गाउँपालिकाका चार र देवघाट गाउँपालिकाका चार विद्यालय छनौट भएका छन् ।

    भिमाद नगरपालिकास्थित मङ्गलोदय माविमा चार कोठे भवनका लागि रु ३६ लाख, रघु माविमा दुई कोठे भवनका लागि रु १८ लाख, दिपक माविमा चार कोठे भवनका लागि रु ३६ लाख, पृथ्वी माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार, शङ्कर माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार र अरुणोदय माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    बन्दीपुर गाउँपालिकास्थित शिवशक्ति आविमा दुई कोठे भवनका लागि रु १८ लाख, झारगाउँ आविमा चार कोठे भवनका लागि रु ३६ लाख, चन्द्रोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार, जगदीश्वर आविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार र विष्णु माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    भानु नगरपालिकास्थित होमराज लोहनी शारदा शिक्षा सदनमा चार कोठे भवनका लागि रु ३६ लाख, सरस्वती सदन माविमा दुई कोठे भवनका लागि रु १८ लाख, राष्ट्रिय माविमा चार कोठे भवनका लागि रु ३६ लाख, भानु संस्कृत माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार र पुर्कोट माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

    व्यास नगरपालिकास्थित शिव माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, जलदेवी माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार, इन्दु माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार, उदय माविमा दुई कोठे भवनका लागि रु १८ लाख, वाराही माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार, निर्मल माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार र चण्डिदेवी माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    म्याग्दे गाउँपालिकास्थित मिन माविमा चार कोठे भवनका लागि रु ३६ लाख, राधा माविमा दुई कोठे भवनका लागि रु १८ लाख र महेन्द्र माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविमा विज्ञान प्रयोगशालाका लागि रु १० लाख, कन्यादेवी माविमा चार कोठे भवनका लागि रु ३६ लाख, लक्ष्मी माविमा दुई कोठे भवनका लागि रु १८ लाख र मस्र्याङ्दी सामुदायिक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    ऋषिङ गाउँपालिकास्थित बाल विकास माविमा चार कोठे भवनका लागि रु ३६ लाख,
    शहीद गङ्गा माविमा दुई कोठे भवनका लागि रु १८ लाख, श्रृङ्ग माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार, अम्मर माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    शुक्लागण्डकी नगरपालिकास्थित तालवेशी माविमा चार कोठे भवनका लागि रु ३६ लाख, जनप्रेमी माविमा दुई कोठे भवनका लागि रु १८ लाख, खैरेनी माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार, छब्दी माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार र शहीदकृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    घिरिङ गाउँपालिकास्थित पशुपतिनाथ आविमा दुई कोठे भवनका लागि रु १८ लाख, कामधेुन माविमा चार कोठे भवनका लागि रु ३६ लाख, महेन्द्रज्योति माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार र कृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    देवघाट गाउँपालिकास्थित आदर्श शिक्षा माविमा चार कोठे भवनका लागि रु ३६ लाख, कालिका माविमा दुई कोठे भवनका लागि रु १८ लाख, जुनोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार र पार्वती माविमा कम्प्युटर प्रयोगशालाका लागि रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।