दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा)को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा दोभान, अलस्टार र अजम्बरी युवा क्लव विजयी भएका छन् ।
भिमाद रङ्गशालामा दोभान युवा क्लव र मस्र्याङ्दी क्लवबीच भएको पहिलो खेलमा दोभान ६–० को फराकिलो गोल अन्तरले विजयी भएको छ । नवमित्रता क्लव र अलस्टार क्लवबीच भएको दोस्रो खेलमा अलस्टार १–० ले विजयी । अजम्बरी युवा क्लव र हैरान्स क्लवबीच भएको खेलमा अजम्बरी ५–० को फराकिलो गोल अन्तरले विजयी भएको सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आइतबार भिमाद क्लव र नवमित्रता क्लव, अकला क्लव र दोभान क्लव, पुलजीप क्लव र खैरेनीटार युवा क्लवबीच खेल हुनेछ । प्रतियोगितामा जिल्लाका दश युवा क्लवको सहभागिता रहेको छ ।
युवा क्लव भिमादको सहआयोजनामा जारी प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ । एन्फासँग आबद्ध भएर प्रतियोगितामा सहभागिता जनाएका दश वटा क्लवलाई रु १५ हजारका दरले प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।