दमाैली । प्रजातन्त्र दिवसको अवसरमा तनहुँ कारागारबाट १२ जना कैदीबन्दी रिहा भएका छन् । सरकारको सिफारिसमा दिवसको अवसरमा तनहुँ कारागारका १२ कैदीबन्दी रिहा भएका हुन् ।
पचास प्रतिशत कैद भुक्तान र चालचलनमा सुधार भएका १२ कैदीलाई शनिबार रिहा गरिएको तनहुँ कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । उनका अनुसार वन पैदावर मुद्दाका एक, चोरी मुद्दाका तीन, सवारी ज्यान मुद्दाका चार, आत्महत्या दुरुत्साहन मुद्दाका एक, सवारी अङ्गभङ्ग मुद्दाका एक, ज्यान मार्ने उद्योगका एक र आगलागी मुद्दाका एक जना कैदी रिहा भएका छन् ।
अदालतबाट तोकिएको सजायमध्ये पचास प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलनमा सुधार आएका कैदीलाई रिहा गर्न कारागार प्रशासनले विभागमा सिफारिस गरेको थियो । रिहा भएकामध्ये एक जना धनुषा, एक जना स्याङ्जा, एक जना कास्कीका छन् भने बाँकी सबै तनहुँका हुन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।